कामु प्रन्याका सुरक्षाकर्मीले वोकेको पेस्तोल पड्कियो, पूर्वमन्त्री पुनकी आमा घाइते

काठमाडौं । कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिँदै आउका प्रहरी सहायक हवल्दार प्रकाश पुनले वोकेको पेस्तोल पड्किँदा पुर्वमन्त्री वर्षामान पुनकी आमा तीर्थमाली पुन घाईत भएकी छिन् । घाईत पुनको बीर अस्पतालमा उपचार भईरहेको छ । पुनको देव्रे खुट्टामा गोली लागेको थियो । प्रहरी सहायक हवल्दार प्रकाश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार राती भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । असावधानीवश गोली पड्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरी स्रोतका अनुसार उनले मादक पदार्थ सेवन गरेका थिए । गोली चलेपछि उनी भागेका थिए । उनलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो । हवल्दार पुन तीर्थमालीको नजिकको नाती पर्छन् ।