३२ वटा खट सहितको सिन्दुर जात्रा हर्सोल्लासका मनाइँदै

वैशाख, भक्तपुर । हरेक नयाँ वर्षका दिन धुमधामसँग विस्का जात्राका शुरुवात गरिने भक्तपुरमा मनाईन विभिन्न महत्वपूर्ण जात्रा मध्येको एक जात्रा हो, विस्केट (विस्का ) जात्रा । विस्केट जात्रा अन्र्तगत नै भक्तपुरको मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा पनि एक हो । शनिबार विहानै देखि जात्रा हर्षोल्लासका साथ मनाइएको छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाउने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।