काममाडौं उपत्यकामा कोरोना संक्रमण भयावह वन्दै, सचेत रहन चिकित्सकको आग्रह

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह वन्दै गईरहेको चिकित्सकहरुले बताएका छन् । कोरोना बढ्न थालेपछि भिडभाडमा नजान, मास्क लगाएर मात्र हिड्न चिकित्सकहरुले आमनागरिकलाई आग्रह गरेका छन् ।
कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै गएका छन् ।

अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ ।कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए । पुनका अनुसार कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताए ।

पछिल्लो केही हप्तादेखि कोरोना संक्रमित मानिसहरुको संख्या बढिरहेको हो । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड–१९ को बिरुद्धको खोप लगाउने मानिसहरुको उपस्थिति सरुवा रोग अस्पतालमा बाक्लिन थालेको छ । केही दिन यता नेपालमा दनिक एक सयको हाराहारिमा संक्रमितहरु बढिरहेका छन् । यस बीचमा केही नागरिहरुको कोरोना भाइरसका कारण निधन भएको छ ।