राष्ट्रपति पौडेलद्धारा ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा  एनआई सी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुखसल्लाहकार तथा प्रतिष्ठित उद्योगीव्यवसायी जगदीश प्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरेको छ ।

बैंकका प्रमुखकार्यकारी अधिकृत सुधिर नाथ पाण्डेका अनुसार संविधान दिवसको अवसरम राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आयोजित सुशोभन समारोहबीच राष्ट्रपति पौडेल ले ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गरेका हुन् । सोही अवसरमा अग्रवालूलाई सम्पूर्ण बैंक परिवारले बधाई ज्ञापन गरेका थिए ।

६ वर्षदेखि देशको उद्योग, वाणिज्य तथाव्यापार क्षेत्रमा अनवरत रुपमाखटिदै १ सफलउद्योगी व्यवसायीको स्थापित भएकामा अग्रवालले कुशल व्यवसायीक रणनीतिकार एवम  उत्कृष्ट व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशिलतामार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पु¥याउदै आएका छन् । उनी यस बैंकको पूर्व अध्यक्ष हुनुको साथै हाल विशाल गु्रपको अध्यक्ष समेत हुन् ।

उनले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रा. लि.,कमला रोलिङ मिल्स प्रा.लि.तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएका छन् । साथै,उनले बैंक, बीमाकम्पनी र अन्य वित्तकम्पनी मार्फत आम सर्वसाधारणको बैंकिङ्ग तथा बीमा पहुँच अभिवृद्धि गर्ने लगायत विशिष्ट योगदान पुराउँदै आएका छन् ।