‘साहसिक पुरुष फुटबल’ प्रतियोगितामा मानेभञ्ज्याङ क्लब पहिलो

काठमाडौँ । तीन हजार ४ सय ७० मिटरको उचाइमा अवस्थित चाररातेमा सम्पन्न पुरुष फुटबल प्रतियोगितामा भारतको मानेभञ्ज्याङ क्लब, दार्जिलिङ पहिलो भएको छ । चौँरी पालक कृषक समूह फालेलुङ –४ लाई ० – ३ गोल अन्तरले पराजित गर्दै दार्जिलिङले प्रथम स्थान सुरक्षित गरेको हो ।

गत चैत ३० गते सुरु भएको बैशाख ३ गतेसम्म हिमाली क्षेत्रमा आयोजना गरिएको यो प्रतियोगितालाई साहसिक फुटबल प्रतियोगिता भनिन्छ ।

फालेलुङ ४ चाररातेस्थित चौँरी महोत्सव आयोजना स्थलमा सञ्चालन भएको हो । यस खेललाई आयोजक फालेलुङ कञ्चनजंघा पर्या पर्यटन विकास संस्थाका महासचिव डिल्ली केरुङका अनुसार प्रतियोगितामा नेपाल र भारतका १४ वटा टिमले भाग लिएका थिए । प्रतियोगिता २०७८ सालदेखि आयोजना गर्न थालिएको हो

हिमाली क्षेत्रमा अक्सिजनको मात्रा कम हुनका साथै श्वास प्रश्वासमा समस्या देखिने हुँदा खेलाडीलाई अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्रै प्रतिस्पर्धामा सहभागी गराइएको थियो ।

प्रतियोगिताका विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपियाँसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।