‘गणपति’ को गीत ‘गाढा भैदियो’ सार्वजनिक

काडमाडौँ । आगामी जेठ ५ गते रिलिज हुने चलचित्र ‘गणपति’ को गीत ‘गाढा भैदियो’ सार्वजनिक भएको छ ।

अनिश अधिकारी र बेनिशा पौडेलको स्वर रहेको गीतका भिडियोमा फिल्मका मुख्य पात्रहरु मुकुन भुषाल र मेनुका प्रधानको अभिनय छ। ‘गणपति’ फिल्मका निर्देशक सबिन अधिकारी हुन् । गीतमा निर्देशक अधिकारीकै शब्द तथा संगीत रहेको छ ।

एबिगम्यान फिल्मस्को ब्यानरमा बनेको फिल्म हरिबहादुर घलेले छायांकन गरेका हुन् । फिल्ममा मुकुन र मेनुकाको अलवा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टिकाभक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय छ ।