ढिस्कोले पुरिएर पोखरामा ७ जनाको मृत्यु

कास्की । पोखरामा ढिस्कोले पुरिएर ७ जनाको मृत्यु भएको छ । नाली खन्ने क्रममा झरेको ढिस्कोले सातजना पुरिएका हुन् ।

पोखरा महानगर–२० मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा उनीहरुलाई पुरिएका हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर २० का वडाध्यक्ष सीम गुरुङले दिएको जानकारी अनुसार तीनजनाको शव निकालिएको छ ।

अन्यको उद्धार कार्य जारी छ । महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।