भक्तपुरमा कांग्रेसका भँडेल निर्वाचित भएपछि नेकपामा रुवाबासी

मंसिर, काठमाडौं । हिजो भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं. १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले दुईहजार भन्दा बढी मतको अन्तरले जित हासिल गरेपछि भक्तपुर नेकपामा रुवाबासी चलेको छ । दुई तिहाईको बलियो सरकार सम्हालिरहेको नेकपा भक्तपुर जस्तो ठाउँमा समेत नेपाली कांग्रेसले निर्वाचन जितेपछि नेकपाका कार्यकर्ताहरुको रुन्चे हाँसो शुरु भएको छ । सत्ताका दम्भ देखाउँदै आईरहेको नेकपाका कार्यकर्ताहरु भँडेलले मत बढ्दै गएपछि विस्तारै पाखा लाग्न थालेका थिए ।
दुई हजार पाँच सय भन्दा बढी मतको अन्तरले भँडेलले नेकपामा उम्मेदवार डीपी ढकाललाई उछिनेका छन् । भँडेलले १३ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् भने उनको निकटम प्रतिद्धन्दी नेकपाका डिपी ढकालले ११ हजार २ सय १० मत पाएका हुन् ।