चितवनमा प्रचण्डलाई ठूलो धक्का तीनवटै ठाउँमा कांग्रेस विजयी


मंसिर, चितवन। नेकपाका कार्यकारी अधिकाल प्राप्त गरेका अध्यक्ष पुष्पकमल दाहाललको गृह जिल्लाको उपनिर्वाचनमा चितवन बासीले प्रचण्डलाई ठूलो धक्का दिएका छन् ।

चितवन जिल्लामा भएको उपनिर्वाचनमा आफ्ना उम्मेदवारका पक्षमा भोट माग्दै चितवन पुगेका प्रचण्डलाई सांकेतिक झापड लगाउँदै उनीहरुले नेकपाका उम्मेदवारलाई हराईदिएका छन् ।
गएको स्थानीय तहको निर्वाचनमा धाँधलीपूर्ण ढंगले छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको प्रमुख बनाउन सफल भएका प्रचण्डलाई मंसिर १४ गते भएको उपनिर्वाचनमा जनताले नेकपाको हैसियत प्रमाणित गरिदिएका छन् ।

भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल, खैरहनी नगरपालिका ४ मा देब बहादुर बस्नेत ५ मा प्रतिमा कार्की विजयी हुँदा सत्तारुढ दलले एउटा वडामा पनि जित्न सकेनन्। खैरहनीमा बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई हराएका हुन्। बस्नेतले ११३८ मत ल्याउँदा अधिकारीले ९८६ मत ल्याएका हुन्। नेकपाका अध्यक्ष प्रचण्डको प्रभाव क्षेत्रको रुपमा प्रचारित चितवनको खैरहनी नगरपालिका ५ मा कांग्रेसले जितेको छ।

नेपाली कांग्रेसकी उम्मेद्वार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई हराएकी हुन्। उनले आफ्नी प्रतिष्पर्धीलाई ८६ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ८४२ मत पाउँदा प्रधानले ७५६ मत पाएका थिए ।