बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा बैठक सुरु

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मङ्गलबार दिउँसोबाट बैठक सुरु भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने छ ।

सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८–०७९’’ पेश गर्ने कार्यसूची रहेको जानकारी दिए ।