नेपाललाई मलेसियाद्वारा २ सय ३६ रनको लक्ष्य

काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कप क्रिकेट खेलमा मलेसियासँगको खेल जित्न नेपालले २ सय ३६ रनको लक्ष्य पाएको छ ।

मलेसियाका लागि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनाएको हो ।

अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि १ सय १६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए ।

विरन्दीप ९४ बलमा ४६ रन जोडे । उनले २ चौका प्रहार गरे । ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए । त्यसबाहेक खिजार हायातले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन खर्चिए । ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । गुलशन झाले १ विकेट लिए ।