चामल मिलको भवन भत्किँदा ४ को मृत्यु

काठमाडौँ । हरियाणा राज्यको कर्नालस्थित तीनतले चामल मिलको भवन भत्किँदा ४ जनाको मृत्यु भएको छ । उक्त घटनामा अनय २० जना घाइते भएका छन् ।

सोमबार राति मिलमा सुतिरहेका मजदुरमाथि भवनको पर्खाल खसेको थियो । दुर्घटनाका बेला मिलमा १ सय ५० कामदार थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । हालसम्म एक सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । भग्नावशेषमा अन्य कामदार पुरिएको आशङ्कामा खोजबिन भइरहेको छ ।

भवन निर्माणमा संरचनागत त्रुटी देखिएको बताउँदै कर्नाल प्रहरीका उपप्रमुख अनिश यादवले घटनाको छानबिन गर्न समिति गठन गरिने जानकारी दिएका छन् । साथै उनले मिलका मालिकालाई कानुनी कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।