अवैध लागूऔषधसहित एक जना पक्राउ

डडेलधुरा । डडेलधुराको अमरगढी नगरपालिका चालिसेको मोडबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४८ वर्षीय टेक बहादुर ऐर रहेका छन् । उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।

उनको किराना पसलमा लागूऔषध चरेसको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।