नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर

काठमाडौँ । सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिईएको टोलीले नायब सुब्बा पंडित र लेखापढी व्यवसायी कर्णलाई सेवाग्राहीबाट ९ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार, भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पंडित र भू – सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाषचन्द्र लाल कर्णविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।