बेलिब्रिज पुल भाँचिदा १ को मृत्यु, ७ घाइते

फाइल तस्बिर

जाजरकोट। भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको नाम र ठेगाना खुलेको छैन ।

मान्छेहरु हिँडिरहेकै अवस्थामा उक्त बेलिब्रिज भाँचिएको हो । बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको गोतामकोट नगरपालिका–८ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा १ जनाको भएको जानकारी दिए ।

दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भई उपचारका लागि जिल्ल अस्पताल जाजरकोट पठाएको जानकारी उनले दिए । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।