कर्णालीमा ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । कर्णाली प्रदेशमा बिहीबार नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएको हो ।

कांग्रेस केन्द्रीय नेतृत्वको दबाबमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेको थियो। बिहीबार नवनियुक्त ४ जना मन्त्रीहरूले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।

मंगलबार नेपाली कांग्रेसबाट सिफारिस भएका तीन र नेकपा माओवादीबाट यसअघि भौतिक पूर्वाधार, ऊर्जा राज्यमन्त्री भएकी उर्मिला विश्वकर्माले प्रदेश प्रमुख तिलक परियार समक्ष मन्त्री पदको शपथ ग्रहण लिएको हो ।

नवनियुक्त मन्त्रीले शपथ लिएसँगै प्रदेशको सबै भन्दा ठूलो दल कांग्रेस सरकारमा सहभागी भएको छ ।