ब्याडमिन्टनको उपाधि रोहित र अभयलाई

काठमाडौँ । दोस्रो डबल्स ब्याडमिन्टन मेयर कप प्रतियोगीताको उपाधि रोहित बराल र अभय महराले जितेका छन् ।

कपिलवस्तु नगरपालिकाको आयोजना र जिल्ला ब्याडमिन्टन संघको समन्वयमा भएको प्रतियोगीतामा रितेश थापा र मोहाम्द हुसेनलाई २–० को सेटमा हराउँदै रोहित र अभयले उपाधि जितेका हुन् ।

सुदीप श्रेष्ठ र सिद्धार्थ काजी तथा सुभाष कुवर र आभ थारु तेस्रो भए । यू–१७ गल्र्समा सबिना परियार पहिलो, अनिशा थारु दोस्रो तथा रविना र विपना कोरी तेस्रो भए ।

यू–१५ ब्वाइजमा विषेश बस्नेत पहिलो, निखिल परियार दोस्रो तथा राज घिमिरे र बिस्नु बस्नेत तेस्रो भएका छन् । यू–१७ ब्वाईजमा शिवम् कसौधन पहिलो, मुनाल सिंह क्षेत्री दोस्रो तथा सुधेश भुसाल र अरुन थारु तेस्रो भए । विजेतालाई प्रदेश सदस्य सुधाकर पाण्डेयले पुरस्कार प्रदान गरे ।