बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९ हजार ८ सयमा कारोबार भएको थियो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेर १ लाख १० हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी शुक्रबार स्थिर रहेर १ हजार ४ सय ४५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।