युरोपा लिग : सेभियाले म्यानचेस्टर युनाईटेडलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा

काठमाडौँ । स्पेनिस क्लब सेभिया र इटालियन क्लब युभेन्ट्स युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको क्वार्टरफाइनल खेलको दोस्रो लेगमा सेभियाले म्यानचेस्टर युनाईटेडलाई ३–० गोलले हरायो । पहिलो लेगमा २–२ गोलको बराबरीमा रोकिएको सेभियाले समग्रमा ५–२ गोल गरे।

अर्को खेलमा युभेन्ट्सले रिपोर्टिङ सिपीसँग १– १ गोलको बराबरीमा रोकिए पनि सेमिफाइनलमा पुगेको हो । यसअघि पहिलो लेगमा १ सय गोलले विजयी भएको युभेन्ट्सले समग्रमा २–१ को जित निकालेको हो ।

सेभियाको जितमा युसुफ एन नेसरीले आठौँ र ८१औँ मिनेटमा दुई गोल गरे । लोइक बाडेले ४७औँ मिनेटमा गोल गरेका थिए ।

खेलमा युभेन्ट्सले नवौँ मिनेटमा एड्रिन राबिओट गोलमा अग्रता लिएको थियो । त्यसपछि २०औँ मिनेटमा मार्कुस एड्वार्ड्सले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

यस्तै अर्को खेलमा एस रोमाले डच क्लब फियोनुर्डलाई ४–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ । रोमाले समग्रमा ४–२ गोलको जित निकालेको हो ।

अर्को खेलमा जर्मन क्लब बायर लिभरकुसनले बेल्जियन क्लब युनियन सेन्ट जिलोइसलाई ४–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो । बायर समग्रमा ५–२ गोलले विजयी भए । यससँगै युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । एजेन्सी