बैशाख ९ गते राष्ट्रिय सभागृहमा पाल्पा महोत्सव

काठमाडौं । पाल्पा संगको आयोजनामा ऐतिहासिक एवं पर्यटीय दृष्टिकोणले महत्वपूर्ण मानिएको पाल्पा जिल्लाको विषयमा अझ बढी प्रचार प्रसार गर्ने उदेशय सहित वैशाख ९ गते शनिबार काठमाडौंको राष्ट्रिय सभागृहमा पाल्पा महोत्सव हुने भएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँतीले महोत्सवको उद्घाटन गर्ने छन् ।

महोत्सवमा ढाका, करुवा, कफी लगायतका पाल्पाली कृषि तथा घरेलु उत्पादनहरुको प्रदर्शनी तथा विक्री, ऐतिहासिक, धार्मिक, तथा पुरातात्विक क्षेत्रहरुसँग सम्वन्धित पाल्पाका दशवटै स्थानीय तहको फोटो प्रदर्शनी, भिडियो, पुस्तक तथा प्रकाशनहरुको प्रदर्शन, निशुल्क स्वास्थ्य शिविर, रक्तदान लगायतका कार्यक्रमहरुसहितको पाल्पा महोत्सव २०८० आयोजना गर्न लागिएको हो ।

संगमका अनुसार विहान १० बजेदेखि ७ बजेसम्म चल्ने सो महोत्सवमा करीव १० हजारको सहभागिता रहने र प्रवेश निःशुल्क रहेको छ ।