एमाले र कांग्रेसका उम्मेदवारद्वार रवि लामिछानेलाई बधाई

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी उम्मेदवार रवि लामिछानेलाई नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारले बधाई दिएका छन् ।

विजयी भए लगत्तै एमालेका रामप्रसाद न्यौपानेले खादा ओडाएर बधाई दिएका छन् । उले निर्वाचनमा हार जित हुन्छ अब यस क्षेत्रको मतदाता जनताको भावनालाई बुझेर काम गर्न सक्नुहोस् भनी बधाई दिएका हुन् ।

यसैगरी, कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले लामिछानेलाई बधाई दिएका छन् । उनले मलाई जनताले पत्याएनन् अब यस क्षेत्रको जिम्मा तपाईंलाई भनी बधाई दिएका हुन् ।

(रास्वपा) का सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । गत मंसिर ४ को निर्वाचनमा ४९ हजार ३ सय मत ल्याएर निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ दोस्रो पटक निर्वाचित भएका हुन् ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार २ सय १४ मत प्राप्त गरेका छन् । उनीहरूबीच ४२ हजार ९ सय ६२ मत अन्तर रहेको छ ।

नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरे। मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।

आइतबार सम्पन्न निर्वाचनमा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो । नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन(२ मा उपनिर्वाचन भएको हो ।