तत्काल हिंसा अन्त्य गर्न पूर्वमहासचिवको आह्वान

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव वानकी मुनले म्यान्मामा तत्काल हिंसा अन्त्य गरेका छन् । म्यान्माका उच्च सैनिक अधिकारीहरूसँगको आकष्मिक भेटमा उनले हिंसा अन्त्यका निम्ति आह्वान गरेको हो ।

पूर्वमहासचिव वानले सोमबार म्यान्माको राजधानी नेपिटोमा सैन्य सरकारका नेता, वरिष्ठ जनरल मिन आङ ह्लिङ र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेर हिंसा रोक्न अनुरोध गरेका छन् ।

विश्वभर शान्ति स्थापना तथा मानवअधिकार रक्षाको प्रयासमा जुटेको वरिष्ठ व्यक्तिहरू संलग्न समूहका तर्फबाट उनले सैन्य अधिकारीहरूलाई उक्त अनुरोध गरेको समूहले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पूर्वमहासचिव वान उक्त समूहका उपाध्यक्ष छन् ।

म्यान्माको वर्तमान वस्तुस्थिति बुझ्न पूर्वमहासचिव वान म्यान्मा पुगेका थिए । सोमबार राति नेपिटोबाट ब्याङ्कक उडेका उनले सैन्य त्यहाँ रहँदा उहाँले सैन्य अधिकारीहरूसँग सेना र प्रजातन्त्र पक्षधरहरूबीचको हिंसा रोक्नुपर्नेमा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।