काठमाडौँ । कुवेतले सिङ्गापुरलाई पराजित गर्दै एसिसी मेन्स प्रिमियर कप अन्तर्रािष्ट्रय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावाना बलियो बनाएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा कुवेतले सिङ्गापुरलाई चार विकेटले पराजित गर्दै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाएको हो ।
जितका लागि सिङ्गापुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य कुवेतले २६ .३ ओभरमा ६ विकेट गुमाएर पूरा गरे ।
कुवेतका लागि अदनान इद्रीशले २८ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै ३८ रन बनाए । त्यस्तै मित भावसारले ५० बलमा अविजित २७ रन बनाए । यासिन पटेलले २५ बलमा अविजित २१ रन बनाए भने शीराज खानले २० बलमा १० रन बनाए ।
बलिङतर्फ सिङ्गापुरमा अक्षय पुरी र विनोद बसकरनले समान दुई÷दुई विकेट लिए भने आदित्य भारगभ र थिलिपानी उमदुराईले समान एक÷एक विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ३१.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १३ रन बनाएको थियो । सिङ्गापुरका लागि सुरुआती ब्याट्सम्यान अर्मत्य कौलले सर्वाधिक ४५ रन बनाएका थिए । उनले ६० बलमा ४५ रन बनाए ।
मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए भने थिलिपन उमरदुराईले १३ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कुवेतका लागि कप्तान मोहम्मद अस्लाम एक्लैले पाँच विकेट लिए भने शिराज खानले ३ विकेट झारे ।
कुवेतले तीन खेलबाट चार अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै दोस्रो खेलमा कुवेतले बहराइनलाई पराजित गरेको थियो ।
त्यस्तै यस खेलसँगै सिङ्गापुर भने अङ्कविहीन रहदै प्रतियोगिताबाट बाहिएको छ । समूह ‘बी’मा हङकङ तीन खेलमा पाँच अङ्क जोड्दै अङक तालिकाको शीर्ष स्थानमा छ । समान खेल खेलको युएई चार अङ्कका साथ दोस्रो स्थानमा छ । बहराइन तीन अङ्क बटुल्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।
Add Comment