‘आज भोलि तिम्रै कुरा’

काठमाडौँ । नेपाली चलचित्र ‘क्रस रोड्स  कथा तिम्रो र मेरो’को पहिलो गीत ‘आज भोलि तिम्रै कुरा’को भिडियो सार्वजनिक भएको छ। गीतमा याङ्की योल्मोको स्वर, अभिषेक रमुदमुको शब्द, सङ्गीत तथा रेकर्ड रहेको छ ।

गीतमा अभिनेत्री रिस्मा गुरुङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियालगायतको अभिनय छ । गीतको दृश्यमा सिक्किमको लाचुङ, कोलकाता र मिरिकका रमणीय स्थान देख्न सकिन्छ ।

अर्विन्द, निकी गोले, चञ्चल थापा र विवेक लामाको कथा रहेको फिल्ममा रुपेनको सम्पादन, निक गोलेको मुख्य सहायक निर्देशन, फुप सोनाम भुटियाको कलर, चञ्चल थापाले छायांकन गरेका छन् ।

भारतको दार्जिलिङ, सिक्किम र कोलकातामा छायांकन गरिएको फिल्ममा अर्विन्द राज गुरुङले निर्देशन गरेका छन् । जिग्मी लामा र नेवाल लामाको प्रोडक्सन कम्पनी अञ्जिग प्रोडक्सन, अरविन्द राज प्रोडक्सन, गोल्डन हावर फिल्म्स र निरेम प्रोडक्सन संयुक्त ब्यानरमा निर्मित फिल्ममा रिस्मा, गौरवसँगै याङ्की योल्मा, रिकजंग दोर्जे, बुद्धि तामाङ, अम्बिका थापा, शशीकला प्रधान, पवन सुब्बा र एमडी सनीको अभिनय छ ।