स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शार्माले स्वच्छ र स्वतन्त्र पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको बताएकी छन् । उनले नेपालको राजनीतिक आन्दोलनलगायतका सबै परिवर्तनका आन्दोलनमा पत्रकारिता क्षत्रको भूमिका महत्वपूर्ण रहेको बताएकी हुन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिद्वारा आज आयोजित प्रभातफेरी कार्यक्रममा उनले स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताले यो पेशालाई अझ महत्वपूर्ण मर्यादित महत्वपूर्ण बनाउन भूमिका निर्वाह गरेको बताइन्।

उनले भनिन, “संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरिएको छ, कानुन बनाउने, कानुनमा उल्लेख गरिएका कुरा कार्यान्वयन गर्ने चरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रहेको छ ।” प्रेस स्वतन्त्रताको पक्षमा उभिन निम्ती आवश्यक कानुन तर्जुमा, नीति नियम बनाउने र आवश्यक निर्णय गर्ने ठाउँमा आफू भएकाले सदैव पत्रकारको साथमा रहने प्रतिबद्धता मन्त्री शर्माले व्यक्त गरिन् ।

पछिल्लो समयमा हाम्रो समाजका हरेक कुरामा नकारात्मकता हाबी भएको सन्दर्भ उनले उल्लेख गरे। हामीले ल्याएको लोकतन्त्र, गणतन्त्रमामाथि जुन ढङ्गले प्रहार भइरहेको छ त्यसबारे सचेत रहेर समाजमा सकारात्मक सन्देश दिन पत्रकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।