युक्रेनी राष्ट्रपति अचानक फिनल्यान्डमा

काठमाडौँ ।युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्यान्डको राजधानी हेलसिन्की आएका छन् ।

पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्यान्ड भ्रमणमा आएको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताएका छन् ।

युक्रेनी राष्ट्रपतिले आफ्ना फिनिस समकक्षीसँग भेटवार्ता गने कार्यक्रम छ । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को कान्छो सदस्य फिनल्याण्डका राष्ट्रपतिसँग उनले जारी युद्ध र प्रतिरक्षा सहयोगबारे छलफल गने अधिकारीहरूले बताएका छन् ।

युक्रेनी नेताले स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन, नर्वेका जोनास गाहर स्टोर, डेनमार्कका मेटे फ्रेडरिक्सन र आइसल्याण्डका क्याट्रिन जाकोब्सडोटिरसँग पनि द्विपक्षीय वार्ता गनेछन्।

नाटोको सदस्यता प्राप्तिमा नर्डिक मुलुकको सहयोग प्राप्तिलाई पनि युक्रेनी राष्ट्रपतिले आफ्नो भ्रमणको कार्यसूचीमा समावेश गरेको उनका सञ्चार सल्लाहकार डारिया जरिभनाले बताएका छन् । रासस