फुटसल प्रतियोगितामा बल हस्तान्तरण

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा प्रेस चौतारी नेपाल रुपन्देहीद्वारा तिलोत्तमा नगरपालिकामा खेलाडीलाई बल हस्तान्तरण गरेको छ ।

बिहीबार आयोजित लुम्बिनी प्रदेश स्तरीय एभरेष्ट इन प्रथम प्रेस चौतारी फुटसल प्रतियोगिता २०८० को खेल शुभारम्भ गर्न नेकपा (एमाले) प्रचार प्रसार विभाग प्रमुख एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उनीहरुलाई बल हस्तान्तरण गरेका हुन् । तस्बिर सुमित्रा अधिकारी/रासस