नयाँ फिल्म बाघचाल बन्ने

काठमाडौँ । नायक सविन श्रेष्ठले नयाँ फिल्मको घोषणा गरेका छन् । उतरगया म्युजिक एण्ड फिल्मससँग सहकार्य गर्दै निर्माण गर्न लागेको फिल्मको नाम ‘बाघचाल’ राखिएको छ ।

फिल्मको कथा शिवम् अधिकारीले लेखिरहेका छन् । फिल्ममा सम्राट् बस्नेतको निर्देशन रहनेछ । फिल्ममा ३ नायक र २ जना नायिका रहने पक्का भएको छ ।

फिल्म नेपाल र अष्ट्रेलियामा छायाङ्कन गरिने फिल्ममा राजीव गुरुङ (दीपक मनाङ्गे) को प्रस्तुति रहनेछ ।