रियाशा दाहालले गरिन् बिहे

काठमाडौँ । कलाकार रियाशा दाहाल विवाह बन्धनमा बाढेकी छन्। उनले चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलसँग विवाह गरेकी हुन्।

उनीहरूको विवाह समारोह भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा चलिरहेको छ। रियाशा र भिक्टर ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

रियाशा युट्युबमा प्रसारण हुने सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन्। उनी पछिल्लो समय टेलिसिरियल ‘गाह्रो छ हो’ मा काम गरिरहेकी छन्। रियाशाले थुप्रै म्युजिक भिडिओमा पनि काम गरेकी छन्।