‘दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्रको सहकार्य आवश्यक’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सरकार दिगो विकासका लागि वित्तीय संस्था, विकास साझेदारहरू र निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको उनले उल्लेख गरे। सरकारले दिगो विकासका लक्ष्यहरू पूरा गर्न लगानी आवश्यक पर्ने मुख्य क्षेत्रहरू पहिचान गरिरहेको उनले बताए ।

दिगो विकास लक्ष्य पूरा गर्नको लागि भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश रहेको उनले बताए । उनले नेपालले दिगो समाधानमार्फत लगानीको खाडल पूरा गर्ने प्रयासमा रहेको बताउदै प्रधानमन्त्री दाहालले सरकार विदेशी लगानी आकर्षित गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री दाहालले सरकार विदेशी लगानी आकर्षित गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिवद्ध रहेको बताए ।

‘‘विकास लक्ष्यहरू हासिल गर्ने हाम्रो प्रयासमा, हामीले महत्त्वपूर्ण लगानी आवश्यक पर्ने धेरै मुख्य क्षेत्रहरू पहिचान गरेका छौं । यी क्षेत्रहरूमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश छन् । साझा समृद्धिका लागि राष्ट्रको दिगो विकास लक्ष्यहरू हासिल गर्न हाम्रा प्रयासहरूसँग मिल्न हामीलाई निजी क्षेत्र र वित्तीय संस्थाहरूको समर्थन र साझेदारी चाहिन्छ ।,’’ प्रधानमन्त्री दाहालले भने, ‘‘हामी नविन, दिगो समाधानहरूमार्फत नेपालको लगानीको खाडललाई पूरा गर्न खोजिरहेका छौं । सरकार विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसरहरू सिर्जना गर्न हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिवद्ध छ । हामी हाम्रो विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारहरूसँग निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक छौं ।’’

 

प्रधानमन्त्री दाहाालले नेपाल सरकारले विकासका लक्ष्य हात पार्नका लागि यसअघि नै लगानीका क्षेत्र तय गरेको र लगानीका लागि संस्थागत र संरचनागत व्यवस्था गरिरहेको बताउदै  विश्वमा उदाउँदै गरेका नयाँ वित्तीय लगानीका अवधारणको खोजीमा सम्मेलन आयोजना हुनु निकै सान्दर्भिक भएको जानकारी दिए ।