नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले निकै चर्चा पाईरहेको अहिलेको समयमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले जानकारी दिएको हो ।

अमेरिका पठाइदिने भन्दै रामेछाप जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुल गरेको र यो प्रकरण छताछुल्ल भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप शेर्पा माथि लागेको छ ।