भ्रष्टाचारीलाई सिधै बाग्मतीमा चोपल्नुपर्छ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारीलाई सिधै लगेर बाग्मतीमा चोपल्न आग्रह गरेका छन् ।

हिजो बेलुका सामाजिक सञ्जाल मार्फत् शाहले यस्तो आग्रह गरेका हुन् ।

उनले भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा गर्नुपर्ने जनाएका छन् ।

‘उनले फेसबुकमा लेखेका छन्, ‘भ्रष्टाचार विरुद्धको आन्दोलन ?

को नेता हो थाह छ ?

घर कहाँ हो थाह छ ?

सिधै लगेर बागमतीमा चोपाल्नुस् ।

यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।

पत्याउँदिन म चाहिँ ।

तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’