सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज सेयर बजारका सबै सूचक राताम्मे भएका छन्।

करिब १७ अङ्कको गिरवाट आउँदै नेप्से परिसूचक १८२१ मा खुम्चिएको छ।

आइतबार १६९ वटा कम्पनीको मूल्यमा गिरावाट आएको छ भने ४० वटा कम्पनीको मूल्य भने बढेको छ। त्यस्तै, ९ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

आइतबार धेरै कमाउने कम्पनीमा आत्मनिर्भर लघुवित्त रहेको छ। यसको मूल्यमा १० प्रतिशतले वृद्धि हुँदै सकारत्मक सर्किट लागेको थियो।

यता, उपसूचकहरु भने सबै रात्तै भएका छन्। सबैभन्दा धेरै उत्पादनले गुमाएको छ। यो उपसूहले ६९ अङ्कले गिरावाट ब्योहोरेको छ। त्यस्तै, जीवन बिमाले ४०, विद्युत्‌ले ५०, निजिर्वन बिमाले ४०, विकास बैंकले ३८, होटलले २७ अङ्क गुमाएको छ।