आजदेखि एमडीएमएस लागु

काठमाडौँ । आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस प्रणाली लागु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट मोबाइलको आयातलाई व्यवस्थित र नियन्त्रण गर्ने उद्देश्यले यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको हो ।

प्राधिकरणले विदेशबाट भित्रने अवैध मोबाइलाई रोक्ने गरी पहिलो चरणमा यो प्रणाली लागू गर्न लागेको हो।

मोवाइल सेटको आयात पूर्व अनिवार्य रुपमा प्राधिकरणबाट स्तर स्वीकृती गर्न तथा इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) दर्ता गर्नुपर्ने प्रावधान भएकोले नेपाल दूरसंचार प्राधिकरणबाट मोवाइल डिभाइस मेनेजमेन्ट सिस्टम लागू गरेको प्राधिकरणले जनाएको छ ।

२०७८ साउनदेखि नै यो प्रणाली लागु हुने घोषणा गरेको थियो र तयारी नपुुगेको भन्दै गत २०७९ पुस १५ गतेका लागि नयाँ लागु मिति तोकिएको थियो । पछि चौतर्फी आलोचना भएपछि सो प्रणाली कार्यान्वयन रोकिएको थियो ।

प्राधिकरणको अनुसार पहिलो चरणमा अव्यवसायिक आयातकर्ताले मोवाइल आयात गर्दा मोवाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत काम गर्ने व्यवस्था मिलाइएको छ ।

ताजा अपडेट