आज फेरि बढ्यो सुनको भाउ

काठमाण्डौ- सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको १ लाख ११ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो भाउ हिजोको भन्दा तोलामा दुई सय रुपैयाँले धेरै हो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।