प्रतिनिधि सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)

काठमाडौँ । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।