न्यून गुणस्तरीय पारासिटामोल बजारमा, विभागले दियो यस्तो निर्देशन

काठमाडौं । अनुगमनका क्रममा औषधि व्यवस्था विभागले दुईवटा ब्याचका पारासिटामोल ट्याब्लेट न्यून गुणस्तरीय पाएपछि बिक्रीमा रोक लगाएको छ ।

भारतको ट्याब्लेट्स इन्डियाद्वारा उत्पादित ब्याच नम्बर टीबीभी २ आर २ को फेभास्टिन र भारतकै डेनिस ल्याब लिमिटेडको उत्पादन २२०३०५८००६ ब्याचको पाराडिन नामक औषधि न्यून गुणस्तरीय पाइएको हो ।

उक्त औषधि बिक्री र प्रयोग नगर्न तथा बजारमा रहेको औषधि तुरुन्त फिर्ता गर्न पनि विभागले निर्देशन दिएको छ ।