१३ वर्षपछि पहिलो पल्ट इन्टर फाइनलमा

काठमाडौँ । मंगलबार इन्टर मिलान १३ वर्षपछि पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । इन्टरले सेमिफाइनल दोस्रो लेगमा एसी मिलानलाई १–० ले पराजित गर्दै फाइनलमा पुगेको हो ।

इन्टरले समग्रमा ३–० को अग्रता लिए । सानसिरोमा भएको दोस्रो लेगको सेमिफाइनलको ७४ औं मिनेटमा लउटारो र्मार्टिनेजले निर्णायक गोल गरे । इन्टर पहिलो लेगमा २–० ले विजयी रहेको थियो ।

अब फाइनलमा इन्टरले ‘अन्डर–डग’ का रूपमा रियल म्याड्रिड अथवा म्यानचेस्टर सिटीको सामना गर्नेछ । दोस्रो सेमिफाइनलको दोस्रो लेग बुधबार राति हुँदै छ । फाइनल जुन १० मा इस्टानबुलमा हुनेछ ।