आज घट्यो सुनको भाउ

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दश हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।