प्रधानमन्त्री प्रचण्ड भन्छन् : सरकार रेशम चौधरीको पक्षमा छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेलमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको पक्षमा सरकार रहेको बताएका छन्।

यसअघि पनि अध्यादेश ल्याएर उनलाई छुटाउन सरकारले प्रयास गरेको उनले बताएका हुन्।

‘अहिले सर्वोच्चले अदालतले एउटा टुंगो दिएको छ। अब यो विषयलाई कसरी समाधान गर्ने विषयमा टुंगोमा पुर्‍याउने हामीले छलफल गरिरहेका छौँ, प्रधानमन्त्री भने।

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक आन्दोलनमा बन्दी जीवन बिताइरहेको रिहाको विधेयक संसद्‍मा पेस भइसकेको र यो विधेयक पास हुने आफूले विश्वास लिएको बताए।

यो केवल चौधरीको मात्र होइन अन्य राजनीतिक बन्दीहरूको बारेमा हामी गम्भीर छौँ।