भारत भ्रमणमा देशको हितविपरीतका कुनै कार्य हुदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणमा कुनै पनि देश हितविपरीतका कार्य नहुने बताएका छन् । प्रधानमन्त्रीले भारतसँँगको सीमा विवाद अन्त्यका लागि कूटनीतिक पहल समेत भइरहेको बताए ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सीमा विवाद समाधानका लागि कुटनीतिक पहल भइरहेको भन्दै उनले आफ्नो एक इन्च पनि नछाड्ने र अरुको एक इन्च पनि भूमि नलिने नीतिअनुसार नै भारत भ्रमणमा छलफल हुने जानकारी दिए ।

प्रबुद्ध समूहको प्रतिवेदन बुझ्ने र बुझाउने विषयमा पनि भारत भ्रमणमा छलफल हुने प्रधानमन्त्री प्रचण्डले बताए ।