बढ्न थाल्यो सेयर बजार

काठमाडौँ । आज बिहीबार पनि सेयर बजारका सबै सूचक उक्लिएका छन् ।

आज नेप्से परिसूचक ३२.३० अंक बढेर १८७७ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । बुधबार ८५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज १ अर्ब ४७ करोडको भयो ।

२०४ कम्पनीको मूल्य बढ्दा ११ को घट्यो भने ४ को स्थिर रहृयो । बैंकिङ १३, विकास बैंक ८७, फाइनान्स ३३, होटल तथा पर्यटन १२८, जलविद्युत् ६४, जीवन बीमा १९४, उत्पादन ४२, माइक्रोफाइनान्स ७३, निर्जीवन बीमा १४८, अन्य ११ र ब्यापार उपसमूह ७४ अंक बढे ।

हिमालय ऊर्जा विकास र आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै १०–१० प्रतिशत बढ्यो । शिवश्री हाइड्रोको ८ र गणपति लघुवित्तको ७.८ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, एभरेस्ट बैंक र नागरिक लगानी कोष क्रमशः अगाडि रहे ।