नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।

सोमबार कुनै ठूलो ग्रन्थको ठेलीजत्रै प्रतिवेदन लिएर प्रहरी टोली सरकारी वकिलको कार्यालयमा प्रवेश गरेको हो । प्रहरीले आरोपपत्रसहितको प्रतिवेदन बुझाएको हो ।