ओली प्रति नेपालको कटाक्ष

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको आरोप लगाएका छन्।

सोमबार (आज) अध्यक्ष नेपालले ओलीको अभिव्यक्ति अरुलाई घोचपेज हुने गरी आएको भन्दै आलोचना समेत गरे। उनले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरुलाई दोष नदिन ओलीलाई सचेत गराए।

आइतबार ओलीले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम स्विकार गर्न नसकिने अडान  सहितको धारणा राखेका थिए।

त्यस्तै नेपालले ओलीमा व्यक्तिवाद रहेको र त्यो सबैभन्दा ठूलो समस्या रहेको पनि दोहोर्याए। अध्यक्ष नेपालले भ्रष्टचारको जालोलाई तोडने काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिए।

उनले भने,‘यो देशलाई बनाउन सकिन्छ। त्यसका लागि हामीहरुबीच सहकार्यको आवश्यक्ता छ । एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन। आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन। सरकारमा बस्न सकिएन। त्यो बेग्लै कुरा हो। किन बस्न सकिएन, त्यसको पछाडि पनि अरुलाई दोष दिएर हुँदैन। बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियोरु त्यसको निम्ति अरुलाई सत्तोसराप गरेर पनि हुँदैन । त्यसो हुनाले सबभन्दा ठूलो समस्या के छ भने आफू भित्र के कमीकमजोरी रहेँ। त्यसको हामी सबैले समिक्षा गरौँ। कमीकमजारी भएका छन भने ती कमीकमजोरीको पहिचान गरौँ। त्यसलाई सुधार गरौँ। अहिले म समस्या देखिराखेको छु। हामी कहाँ सबभन्दा ठूलो समस्या यो व्यक्तिवादको रोग हो। र, दोस्रो भनेको आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो। अनि, तेस्रो अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति हो। अरुको ज्ञान, अरुको बुद्धि र सबैको साथ लिने भन्दा पनिअनि आफ्नो पाराले चल्ने प्रवृत्ति पनि हो। यसबाट मुक्त हुन सकिएन भने, यो व्यक्तिवादको रोगबाट मुक्त हुन सकिएन भने अनि भ्रष्टाचारबाट चुर्लम्म डुब्ने प्रवृत्तिबाट मुक्त भईएन भने, कुरा एउटा, काम अर्को। हाम्रो के छ भने ठूल्ठूला उपदेशहरु छाँटने प्रवृत्ति ज्याँदा छ। तर व्यवहारमा लागू गर्ने प्रवृत्ति कम छ। साँचो अर्थमा हामीमा इमान्दारिता छ भने कुनै पनि समस्याको समाधान गर्न सकिन्छ। म सभामुखजीमार्फत् प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु–तपाईँ इमान्दारिताका साथ अगाडि बढनोस्। लगनशीलताका साथ अगाडि बढनोस्। र, यो भ्रष्टाचारको जालोलाई तोडने काम गर्नु होस। स्वच्छ सरकार यो देशलाई प्रदान गर्नुहोस। गतिशील सरकार यो देशलाई प्रदान गर्नुहोस। र, काममा इमान्दारसाथ खटनेहरु र काम ठगहरु अनि सत्ताको दूरुपयोग गर्न खोज्नेहरु को-को हुुन, त्यसको पहिचान गरेर खराव तत्वहरुलाई दण्डित गर्नुहोस्। असलहरुलाई प्रोत्साहित गर्ने काम गर्नुहोस्।’