मधेश सरकारमा सहभागी भयो कांग्रेस

काठमाडौँ । दुई मन्त्रालयसहित नेपाली कांग्रेस मधेश सरकारमा सहभागी हुने भएको छ । भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालय पाएपछि कांग्रेस आज सरकारमा सहभागी हुन लागेको हो ।

भौतिकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यादव मधेश प्रदेश कांग्रेसका सभापति तथा सिंह कोषाध्यक्ष पनि हुन् ।

उनीहरूले दिउँसो १ बजे पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।