गृहले किन सोध्यो डा.केसीलाई स्पष्टीकरण

काठमाडौं । गृह मन्त्रालयले एक सूचना जारी गर्दै सशस्त्र प्रहरी निरीक्षक डा. समिर केसीलाई स्पष्टीकरण सोधेको छ।

नेपाल एपिएफ अस्पतालमा कार्यरत केसी गत चैत १३ गतेदेखि अस्पतालमा आएका छैनन् ।

केसीले कसैलाई कुनै किसिमको जानकारी नगराई लामो समयदेखि गैर हाजिर रहेकोले स्पष्टीकरण सोधिएको जारी सूचनामा उल्लेख छ ।

केसी लामा समय देखि अस्पतालमा अनुपस्थित भएकाले सशस्त्र प्रहरी सेवाबाट हटाउन आवश्यक कारबाहीको तयारी समेत थालिएको छ।

गैरहाजिर रहेको मनासिब कारण ७ दिनभित्र पेश गर्नसमेत केसीलाई मन्त्रालयले आग्रह गरेको थियो। तर उनि सम्पर्कमा आएका थिएनन्।

केसीलाई विभागीय सजाय किन नदिने, दिनु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्यादबाहेक ७ दिनभित्र मन्त्रालयमा स्पष्टीकरण पेश गर्नसमेत मन्‍त्रालयले सूचना प्रकाशित गरेर जानकारी गराएको छ।