सुरु भयो प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज माथि पनि छलफल हुनेछ ।

जारी बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । जारी बैठकमा गत शुक्रबार नीति तथा कार्यक्रम पेस गरिएको थियो ।