आज घट्यो सुनचाँदी भाउ

काठमाडौँ । आज मङ्गलबार सुनचाँदीको मूल्य घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

यसअघि छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएकोमा आज १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, यसअघि प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ आज १ लाख ८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।

यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतिताला १ लाख ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।