मधेसमा मन्त्रीमण्डल विस्तार अन्यौलमा

काठमाडौं ।  नेकपा माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेसँगै मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तार लथालिङ्ग भएको छ।

मुख्यमन्त्री सरोजकुमार यादव नेपाली कांग्रेस र नेकपा एसलाई सरकारमा सहभागी गराउन लाग्दा नेकपा माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीमण्डल विस्तार लथालिङ्ग हुन लागेको हो ।

पर्यटन, वन तथा वातावरण मन्त्री सुनिता यादव र राज्यमन्त्री रहबर अन्सारीलाई फिर्ता बोलाउने नेकपा माओवादी केन्द्र संसदीय दलले निर्णय गरेको छ।

यता मन्त्रालयको विषयलाई लिएर जनमतले पनि आपत्ति जनाइ सकेको छ। जसका कारण जनमत पनि सरकारबाट निस्कने सम्भावना रहेको छ।

यता १ बजे सपथ ग्रहणको समय निर्धारण गरिएपनि दलहरुबीचको मन्त्रालयको विवादका कारण अहिले सम्म शपथ हुन सकेको छैन।