कक्षा १० को पाठ्यक्रमबाट रुइतको जीवनी हटाइनुको कारण के हो : रघुजी पन्त

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली विषयको पाठ्यक्रमबाट सन्दुक रुइतको जिवनी हटाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

पन्तले मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै शिक्षा मन्त्रीसँग जिवनी हटाइनुको कारण माग गरेका हुन्।

उनले भने, ‘कक्षा १० को नेपाली पाठ्यक्रममा डा. सन्दुक रुइतको बारेमा लेखिएको ८ पृष्ठको जिवनी पढाइन्थ्यो। त्यो पाठ्यपुस्तकबाट हटाइयो। डा। सन्दुक रुइतको जिवनी, उहाँको कारणले हाम्रो देशको इज्जत बढेको छ। त्यो जिवनी पढाउन आवश्यक भएर राखिएको थियो। किन त्यो जिवनी हटाइयो शिक्षामन्त्रीले यसबारेमा स्पष्ट जवाफ दिनुहोस्।’

उनले कालिकोटको पतालझरना गाउँपालिकाको ६ देखि ८ कक्षासम्मको पाठ्यक्रममा माओवादी जनयुद्धबारे राखिएको पनि प्रश्न गरेका छन्। उनले एमालेले कांग्रेसले राप्रपाले गरेको आन्दोलनकोबारेमा पनि पाठ्यक्रममा राखे के हुन्छ भनी प्रश्न गरेका छन्।

उनले भने, ‘कालिकोटको पतालझरना गाउँपालिकामा जहाँ प्रधानमन्त्रीको पार्टीले चुनाव जितेको छ। त्यहाँ ६ देखि ८ कक्षासम्मको पाठ्यक्रममा सशस्त्र द्वन्द माओवादी जनयुद्ध बारे, त्यसको सकारात्मक प्रभावबारे विभिन्न अध्याय राखेर कोर्सबुकमा राखिएको छ। यो काम कसैले पनि नगरौँ। एमालेले झापा बिद्रोह बारे, कांग्रेसले १८ सालको सशस्त्र संघर्ष बारे, राप्रपाले पञ्चायत र राजतन्त्र बारे कोर्स बुकमा राख्नथाल्यो भने आ–आफुले ?’